०४ असार २०८३, बिहीबार

राप्रपा कैलालीद्वारा ३५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

राप्रपा कैलालीद्वारा ३५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति कैलालीको पहलमा कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित बिरामीहरूका लागि सेती प्रादेशिक अस्पताललाई ३५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।

हङकङ स्थायी निवासी सिन हौतुङ र अमरधन मेमोरियल फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङको सहयोगमा ३५ थान अक्सिजन सिलिन्डर  हस्तान्तरण गरिएको कुरा राप्रपाका युवा नेता पुरू दाहालले बताए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य ललित जोशी, छत्र मल्ल, कैलाली जिल्ला अध्यक्ष होमबाहादुर गुरुङ लगायत विभिन्न भ्रातृ संगठनका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्