
यातायात व्यवसायीहरूले देशैभरीका सबै सार्वजनिक सवारी साधनहरू सञ्चालनको अनुमति दिन सरकारसँग माग गरेको छ ।
यातायात व्यवसायीहरूको विभिन्न ४ संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सिमित सवारी साधनहरू मात्रै खुलाउने सरकारको निर्णय आफूहरूसँगको भएको छलफलको निष्कर्श विपरित भएको बताएका छन् ।
सोमवार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ,‘१० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको कार्यकक्षमा डिसिसीएमसी सहित सरोकारवालाहरूको सुझाव र छलफलमा भएको निष्कर्ष विपरित रहेको स्मरण गराउँदै, आज भएको अव्यवहारिक रहेको ठहर गर्दछौं ।’
व्यवसायीहरूले अर्थतन्त्रलाई गतिशिल बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउने महत्वपूर्ण सार्वजनिक यातायात क्षेत्र सञ्चालन गर्न नदिनु अत्यन्तै अव्यहारिक भएको समेत बताएको छ ।

