२५ असार २०८३, बिहीबार

इरानसमर्थक मिलिसियाले अमेरिकी सैनिकहरूमाथि बर्साए रकेट

असार १५, २०७८
इरानसमर्थक मिलिसियाले अमेरिकी सैनिकहरूमाथि बर्साए रकेट

अमेरिकी वायुसेनाले इरानसमर्थक गुटहरूमाथि बमवर्षा गरेपछि सिरियामा सक्रिय मिलिसियाले अमेरिकी सैनिकहरूमाथि रकेट बर्साएका छन् । 

त्यसपछि अमेरिकी सेनाले जवाफी कारवाहीमा सिरियाली गुटमाथि व्यापक गोली बर्साएको छ ।

इराकको राजधानी बग्दादमा अमेरिकी सैन्य मिसनका प्रवक्ता कर्नेल वेन मारोट्टोले सोमवार बिहान ७ः४४ मा सिरियामा अमेरिकी बलहरूमाथि रकेट आक्रमण भएको बताए । आक्रमणमा कोही पनि हताहत नभएको र क्षतिको

आकलन भइरहेको जानकारी पनि उनले दिए । अमेरिकी बलहरूले आत्मरक्षामा तोप प्रहार गरेको जानकारी पनि उनले दिए । 

त्यसको एक दिनअघि आइतवार अमेरिकाले इराक र सिरियाको सीमानजिक इरानसमर्थित मिलिसियाको अड्डालाई तारो बनाएर हवाई आक्रमण गरेको थियो । इराकी सेनाले अमेरिकी आक्रमणको निन्दा गरेको थियो र मिलिसिया समूहहरूले अमेरिकासँग बदला लिने बताएका थिए । 
 

पेन्टागनका प्रेस सचिव जोन कर्बीले यी मिलिसियाहरू इराकमा अमेरिकी बलहरूका विरुद्ध मानवरहित यानबाट आक्रमण गर्न ती अड्डाहरूको उपयोग गरिरहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्