०९ असार २०८३, मंगलबार

पेनाल्टी मिस गरेपछि एम्बाप्पेले मागे प्रशंसकहरूसँग माफी

असार १५, २०७८
पेनाल्टी मिस गरेपछि एम्बाप्पेले मागे प्रशंसकहरूसँग माफी

फ्रान्सेली फूटबलका उदाउँदा सुपरस्टार खेलाडी किलियन एम्बाप्पेले सोमवार स्टिजरल्यान्डविरुद्ध युरोकपको खेलमा पेनाल्टीबाट गोल गर्न चुकेपछि प्रशंसकहरूसँग माफी मागेका छन् । 

उनलाई यस आघातपूर्ण घटनापछि आफूलाई ‘सुत्न गाह्रो’ हुने बताएका छन् । 
 

स्विटजल्यान्डका सबै खेलाडीले पेनाल्टीमा गोल गरेको भए पनि एम्बाप्पेको प्रहार स्विस गोलकीपर यान सोमरले रोकेका थिए । 

पाना पल्टाउन धेरै गाह्रो छ । पेनाल्टी गुमाएकोमा म माफी माग्छु । मैले टीमलाई सहयोग गर्न खोजेको थिएँ तर चुकें । अब मलाई सुत्न नै गाह्रो हुनेछ । तर मैले मन पराउने खेलमा यस्ता जोखिमहरू हुन्छन्,’ एम्बाप्पेले ट्विटरमा लेखे । 

‘तपाईं प्रशंसकहरू निराश हुनुहुन्छ भन्ने मलाई थाहा छ तैपनि म तपाईंहरूलाई सहयोगका लागि तथा हामीमाथि विश्वास गरेकाले धन्यवाद दिन्छु । अर्कोपालि थप बलियो भएर फर्किनु महत्त्वपूर्ण कुरा हो । स्विसहरूलाई बधाई तथा सौभाग्यको कामना,’ उनले थपे । 

पेनाल्टी गुमाएपछि एम्बाप्पे निकै निराश भएका थिए । उनलाई टीमका अन्य खेलाडीले सान्त्वना दिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्