×

NMB BANK
NIC ASIA

सिंहदरबारमा चौथो इनिङ, को हुन् शेरबहादुर देउवा ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौं, २३ जेठ– नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता हुन् ।

पिता श्रीप्रसाद देउवा र माता द्रौपदीदेवी देउवाका जेठा छोरा शेरबहादुर देउवाको जन्म २००३ जेठ ३१ गते डडेल्धुराको असीग्राम गाविस–५ रुवाखोलामा भएको थियो ।

२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा होमिएका देउवा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुन् ।

विसं २०२३ सालमा गठित तरुण–सभाको अध्यक्ष भएर काम गरेका उनी २०२८ असोज १ गतेदेखि २०३६ फागुन २९ गतेसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष रहेका थिए । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट देउवा पार्टीको सभापति बनेका हुन् ।

२०४८ सालमा संसदीय चुनाव जितेपछि २०४८ देखि २०५१ सालसम्म देउवाले गिरिजाप्रसाद कोइराला सरकारमा गृहमन्त्रीको पद सम्हालेका थिए ।
२०५२ देखि २०६१ सम्मको एक दशकको छोटो अवधिभित्र देउवा मुलुकको तीनपटक प्रधानमन्त्री बने ।
देउवाले २०५१ साल र २०५६ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुराबाट चुनाव जिते ।

२०५१ सालमा गठन भएको नेकपा एमालेको अल्पमतको सरकार बीचमै ढलेपछि देउवा पहिलोपटक २०५२ साल भदौ २६ गते प्रधानमन्त्री निर्वाचित भए ।

दोस्रोपटक २०५८ साल साउन ७ गतेदेखि प्रधानमन्त्री बनेका देउवालाई १८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले बर्खास्त गरे ।

तिनै राजा ज्ञानेन्द्रले देउवालाई २०६१ साल जेठ २१ गते प्रधानमन्त्री बनाए । पछि राजा ज्ञानेन्द्रले मुलुकमा ‘कू’ गरे, देउवालाई अपदस्थ गरे र आफैं मन्त्रीपरिषद्को अध्यक्ष बने ।

मुलुकको शासनसत्ता आफ्नो हातमा लिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै शाही आयोग गठन गरे । देउवा उक्त आयोगको निशानामा परे ।

भक्तबहादुर कोइराला अध्यक्ष रहेको भ्रष्टाचार नियन्त्रण शाही आयोगले देउवालाई मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ ग–यो । देउवासँगै तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई पनि शाही आयोगले पक्राउ गरेको थियो ।

देउवा र सिंह दुवैले शाही आयोग अवैधानिक भएको बताउँदै बयान दिन मानेनन् । सर्वोच्च अदालतले उक्त आयोगलाई खारेज गरिदिएपछि देउवा थुनामुक्त भएका थिए ।

पार्टीभित्रको अन्तःसंघर्षका कारण देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरी त्यसको सभापति बनेका थिए ।

दोस्रो जनआन्दोलन सम्पन्न भएपनि २०६४ सालमा उनले नेतृत्व गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) माउ पार्टीमा विलय भयो ।

सभापति देउवा प्रजातान्त्रिक पार्टीको अन्तर्राष्ट्रिय संगठन सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष र संगठनको एसिया क्षेत्रको अध्यक्षको भूमिकामा छन् ।

राजनीतिक संघर्षका क्रममा देउवाले पटक–पटक गरेर नौ वर्ष जेलजीवन बिताएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका देउवा सन् १९८८–८९ मा बेलायतको लन्डन स्कूल अफ इकोनोमिक्समा राजनीतिशास्त्र विषयको रिसर्च फेलो हुन् ।

देउवाकी पत्नी डा. आरजु देउवा सांसद छिन् । देउवाका एकमात्र सन्तान जयवीर देउवा हुन् ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x