२७ असार २०८३, शनिबार

लोक सेवा आयोगले तोक्यो परीक्षा, कुन पदका लागि कहिले ? (सूचीसहित)

लोक सेवा आयोगले तोक्यो परीक्षा, कुन पदका लागि कहिले ? (सूचीसहित)

लोक सेवा आयोगले स्थगित भएका र निर्धारण हुन बाँकी परीक्षा कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ। 

आयोगले आज सूचना जारी गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने जनाएको हो। 

आयोगले परीक्षाको मिति र समय पनि तोकेको छ। 

पाठ्यक्रम निर्धारण हुन बाँकी रहेका पदहरूको हकमा पाठ्यक्रम निर्धारण भएपश्चात परीक्षा कार्यक्रम निर्धारण गरिने आयोगको भनाइ छ। 

त्यस्तै अदालतमा विचाराधीन रहेका विज्ञापनहरूको हकमा अदालतबाट अन्तिम टुंगो लागेपश्चात परीक्षा कार्यक्रम निर्धारण गरिने आयोगले जनाएको छ। सो बाहेकका अन्य विज्ञापनहरूको परीक्षा कार्यक्रम क्रमशः प्रकाशन गरिने आयोगको भनाइ छ। 

आयोगको सोमबार बसेको बैठकले साउन १५ देखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।

हेर्नुहोस् सूची:

 

salt training

कमेन्ट गर्नुहोस्