
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागे पनि लघुवित्त उपसमूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
बजारमा मंगलवार तीव्र उतारचढावका भई अधिकांश उपसमूहको शेयर मूल्य घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार लघुवित्त उपसमूहको शेयर २६.४ विन्दुले उकालो लागेको छ । नेप्से भने ४७.४९ बिन्दुले घटेर २ हजार ८२८ मा ओर्लेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८७ विन्दुले घटेर ५२३.७० मा सीमित भयो । कूल २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको मात्रै शेयर उकालो लागेको हो । बैंकिङ २६.४४, व्यापार ४७.५३, होटल तथा पर्यटन १.३२, विकास बैंक १६७.१३, जलविद्युत् ७६.०३, वित्त ८७.६१, निर्जीवन बीमा २५१.५३, उत्पादन ३४.९८, अन्य ५१.३३, जीवन बीमा १६५.९८, सामूहिक लगानी कोष ०.०७ र लगानी ३.८४ ले घट्दा लघुवित्त उपसमूह भने २६.४ विन्दुले उकालो लाग्यो ।
कारोबारका आधारमा राधी विद्युत् कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ७९० मा ४९ करोड ८३ लाख २५ हजार ९५० रुपैयाँ बराबरको कारोबार भयो । नेसनल हाइड्रोपावर ३६ करोड ७८ लाख ५० हजार ५० रुपैयाँ, एचआईडीसीएल २९ करोड ६७ लाख ५२ हजार ७४४, नेपाल इन्स्योरेन्स कम्पनी २३ करोड ९९ लाख ६८ हजार ३६० र नेपाल पुनरबीमा कम्पनी १६ करोड ५३ लाख ९९ हजार ६०७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
ओरियन्टल होटल ५.७६, गुराँस लघुवित्त ४.२५, सामुदायिक लघुवित्त ३.६६, तारागाँउ रिजेन्सी होटल २.८४ र सिभिल लघुवित्तका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । प्रोगेसिभ फाइनान्स ८.५५, एचआईडीसीएल ८.०७, वेस्ट फाइनान्स कम्पनी ८.०१, श्री इन्भेस्टमेन्ट फाइनान्स ७.१८ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ६.९० प्रतिशतले गुमाए ।