०१ असार २०८३, सोमबार

माओवादीले पदमुक्त गरेका २ मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

माओवादीले पदमुक्त गरेका २ मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

नेकपा माओवादी केन्द्रले कारवाही गरेर पदमुक्त गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कारवाहीको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

निर्वाचन आयोगको सूचना प्रकाशित गरेर पदमुक्त गरिएको जानकारी गराएपछि सर्वाेच्चमा रिट परेको थियो ।

मंगलवार न्यायाधीश कुमार चुँडालको एकल इजलासले निवेदकले माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेकाले पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश गरेको छ ।

प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाका प्रमुखहरूले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरिएको छ ।

नेकपा माओवादी केन्द्रले कारवाही गरेको जानकारी दिएपछि निर्वाचन आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर पदमुक्त गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्