काठमाडौं २३ जेठ– नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो उम्मेदवारी पेश गर्ने क्रममा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रसंशा गरेका छन् ।
मंगलवार संसदमा प्रधानमन्त्रीको उम्मेदवारी पेश गर्ने क्रममा देउवाले नेपालमा शान्ति प्रक्रिया शुरु गरेकोमा गिरिजाप्रसाद कोइरा र प्रचण्डलाई धन्यवाद दिएका हुन् । ‘गिरिजा र प्रचण्डले देशलाई धेरै गुन लगाउनु भएको छ, प्रचण्डप्रति सम्मान व्यक्त गर्दछु’ देउवाले भने ।
देउवाले मुलुकमा शान्ति र स्थायित्व कायम रहे नेपालमा बैदेशिक लगानी आउने र मुलुक समृद्ध बन्ने बताए ।