०१ असार २०८३, सोमबार

मानव बेचबिखनविरुद्ध १ महिने अभियान थालनी

असार १५, २०७८
मानव बेचबिखनविरुद्ध १ महिने अभियान थालनी
प्रतिकात्मक तस्वीर

मानव बेचविखनविरुद्ध स्कलर्स स्पेसले १ महिने अभियान थालेको छ । 

बेचबिखन रोक्न तथा बेचबिखनमा परेकाहरूलाई न्याय दिने उद्देश्यका साथ सो अभियानको शुरूआत गरिएको हो । 

भर्चुअल माध्यमबाट मंगलवार एक कार्यक्रमको आयोजना गरी सो अभियान शुरू गरिएको स्कलर्स स्पेसका मुख्य कार्यकारी अधिकृत रोहित सेन्चुरी सुनारले जानकारी दिए ।

छलफलमा देशभरबाट १०० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो, माइती नेपाल, सिस्टरहुड नेपाल र आफन्त नेपालसँगको सहकार्यमा सो अभियान थालिएको हो । 

मानव बेचबिखन न्यूनीकरण गर्न युवाको विशेष भूमिका हुने भन्दै उनीहरूलाई सचेत गराउन जरुरी रहेको सुनारले बताए । छलफल र तालिमका माध्यमबाट युवामार्फत समाजमा सकारात्मक सन्देश जाने उनको भनाइ छ । 

सचेतना अभियानलाई फरक र प्रभावकारी ढंगबाट गर्न खोजिएको स्कलर्स स्पेसका मुख्य बजार अधिकृत धिरज पौडेलले जानकारी दिए । १ महिने अभियानका क्रममा मानव बेचबिखनविरुद्ध जागरुकता फैलाउनका लागि समाजमा उल्लेख्य भूमिका निर्वाह गरेका व्यक्तिहरूसित अन्तर्क्रिया तथा समूहमा छलफल गरिने उनले बताए ।

समाजलाई केही दिनुपर्छ भन्ने उद्देश्यका साथ युवाहरूको समूहले अभियान थालेका हुन् । तालिममा सहभागीबाट संकलन भएको रकम आगामी साउन १५ गते अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका दिन माईती नेपाललाई हस्तान्तरण गरिने उनले जानकारी दिए ।

कार्यक्रममा सहभागी माइती नेपालकी सजनी जोशीले स्कलर्स स्पेसको अभियानमा माइती नेपालको साथ रहने र मानव बेचविखन अन्त्य गर्न सबै क्षेत्रको साथ र सहयोगको आवश्यकता पर्ने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्