०३ असार २०८३, बुधबार

आजको मौसमः देशभर मनसुनी वायुको सक्रिय प्रभाव, यी स्थानमा वर्षा

आजको मौसमः देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव, यी स्थानमा वर्षा

देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको तराई भूभाग नजिक  मनसुनी न्युन चापीय रेखा रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको पनि महाशाखाले जनाएको छ भने प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

यसैबीच बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ  । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।
यस्तै प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी  र गण्डकी प्रदेशका   थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक  दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक  दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्