१४ असार २०८३, आइतबार

कृषिको व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गरिन्छ : मुख्यमन्त्री नेपाली

असार १६, २०७८
कृषिको व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गरिन्छ : मुख्यमन्त्री नेपाली
फाइल फोटो

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग मंगलवार पोखरामा भएको भेटमा उनले गण्डकी प्रदेश सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत कार्यक्रमले निरन्तरता पाउने बताए ।

नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको पहलमा सम्बन्ध स्थापित भएको स्मरण गरे । इजरायलबाट दक्ष जनशक्ति नेपालमा ल्याएर सहकारी प्रवद्र्धनका लागि समेत बीपी कोइरालाले पहल गरेको बताउँदै उनले २ देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेकामा जोड दिए ।

राजदूत गोडेरले नेपाल र इजरायलबीच अति प्रगाढ सम्बन्ध रहेको बताउँदै आगामी दिनमा अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरे । दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको उनले बताए । अहिले सातै प्रदेशबाट ५०० को हाराहारीमा युवा किसान तालिमका लागि इजरायलमा छन् ।

सो अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले र प्रदेशका निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले नेपाल–इजरायलबीचको लामो समयदेखिको सम्बन्ध र सहकार्यका बारेमा धारणा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्