
सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैं अनियन्त्रित भई ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक सोही नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।
स१त ३९७२ नम्बरको ट्रयाक्टर मंगलवार राति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।