३० जेठ २०८३, शनिबार

कङ्गोमा शान्ति सैनिकप्रति सकारात्मक भावना

असार १६, २०७८
कङ्गोमा शान्ति सैनिकप्रति सकारात्मक भावना
फाइल फोटो

नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ ।

कङ्गोमा तैनाथ नम्बर २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठ्यारो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो ।
  
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आफना काम र हर्कतका लागि आवतजावत गर्न सहज भएको छ । मर्मतपछि त्यहाँ संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि एवं त्यहाँ तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले सो पुल स्थानीय सरकारलाई हस्तान्तरण गरे ।

सो अवसरमा उनले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका बताइएको छ ।
 
जीर्ण पुलको फाइदा उठाउँदै हतियारधारी समूहले स्थानीय बासिन्दालाई बेलाबेलामा दुःख दिने गरेकामा पुल मर्मतपछि सुरक्षा फौज परिचालन र आवतजावत गर्न सहज भएपछि  नागरिकले सुरक्षित महसूस गरेको जानकारी दिइएको छ ।

पुल सञ्चालनमा आएसँगै व्यापारिक केन्द्र बुनियाँसँगको व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ । पुलमा दोहोरो आवतजावतसँगै नेपाली शान्ति सैनिकप्रति स्थानीयमा अझ बढी सकारात्मक भावना पैदा भएको सेनाले विश्वास गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्