०२ असार २०८३, मंगलबार

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा भएको आगलागी नियन्त्रणमा

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं महानगरपालिका–४ पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

विद्युतीय तार सर्ट भई आगालगी भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण निलवाराही काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्धार काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जुद्ध बारुण यन्त्रबाट खटिएको सशस्त्र प्रहरी आगलागी नियन्त्रणमा सक्रियताका साथ जुटेको होे ।

आगलागीमा परी अस्पतालका सुरक्षा गार्ड दुर्गा पौडेल, निर्माण मजदुर नन्दलाल पण्डित, समिता तामाङ र विमला सुनार घाइते भएका बताइएको छ ।

घाइते व्यक्तिहरूको उपचारको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

आगलागीबाट करीब २२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्