२८ जेठ २०८३, बिहीबार

अभिनेत्री मन्दिरा बेदीका पति फिल्म निर्माता राज कौशलको हृदयघातबाट निधन

असार १६, २०७८
अभिनेत्री मन्दिरा बेदीका पति फिल्म निर्माता राज कौशलको हृदयघातबाट निधन

बलिउड फिल्म निर्माता राज कौशलको बुधवार बिहान हृदयघातबाट निधन भएको छ ।

अभिनेता रोहित रोयले निर्माताको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘राजको आज बिहान अन्दाजी ४ बजे हृदयघातबाट निधन भएको छ । उहाँ घरमा हुनुहुन्थ्यो, जबसम्म परिवारले कुनै स्वास्थ्य सहायता पाउन सक्थे, राजको निधन भइसकेको थियो ।’

सामाजिक सञ्जालका पोस्टहरूमा धेरै कलाकारले अप्रत्यासित घटना भन्दै श्रद्धाञ्जलि लेखेका छन् ।

उनले सन् १९८१ मा आफ्नै विज्ञापन उत्पादन कम्पनी शुरू गरेर ८ हजारभन्दा बढी विज्ञापनहरू निर्देशन गरिसकेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्