११ साउन २०८३, सोमबार
प्रतिनिधि सभा विघटनमाथिको बहस

वरिष्ठ अधिवक्ता पन्तको तर्क– ओली र देउवा दुवैको दाबी नपुगेकाले राष्ट्रपतिले स्वविवेक प्रयोग गर्नुभयो

वरिष्ठ अधिवक्ता पन्तको तर्क– ओली र देउवा दुवैको दाबी नपुगेकाले राष्ट्रपतिले स्वविवेक प्रयोग गर्नुभयो

वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय व्यवस्था रहेको मुलुकमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिसँग हुने र सोहीअनुसार राष्ट्रपतिले स्वविवेक प्रयोग गरेको दाबी गरेका छन् ।

राष्ट्रपतिलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको नलागेकाले कसैलाई प्रधानमन्त्रीमा नियुक्त नगरेको उनको जिकिर छ ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा विपक्षी (सरकारी पक्ष)बाट बहस गर्दै वरिष्ठ अधिवक्ता पन्तले अन्य काम मन्त्रिपरिषद्को सिफारिशमा हुने भएपनि प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको बताएका हुन् । 

‘संसदीय व्यवस्था रहेको मुलुकमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको हुन्छ । अन्य काम मन्त्रिपरिषद्को सिफारिशमा हुने भनिए पनि प्रधानमन्त्री नियुक्तिको अधिकार राष्ट्रपतिलाई नै हुन्छ,’ पन्तले भने, ‘ओली र देउवा दुवैको दाबी पुगेन भनेर राष्ट्रपतिले आफ्नो विस्डम प्रयोग गर्नु भयो ।’

महान्यायाधिवक्ता लगायत सरकारी वकिलको बहसपछि ओलीका निजी वकिलले बहस शुरू गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्