![६ वटा तस्वीरमा हेर्नुहोस्, एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/CPN_UML_1_F7TTA1C63j.jpg)
माधव नेपाल पक्षले राखेको माग अनुसार जेठ २ गतेकै केन्द्रीय कमिटी ब्युँताउन नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार मध्याह्न आयोजक कमिटीको बैठक बसिरहेको हो ।
महाधिवेशन आयोजक कमिटीले जेठ २ गतेकै केन्द्रीय कमिटी ब्युँताउने निर्णय लिने प्रवक्ता प्रदीप ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
मंगलवार साँझ बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेर जेठ २ कै केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको थियो ।
पुरानो केन्द्रीय कमिटीको बैठक पर्सि १८ गतेका लागि बोलाउने तय भएको प्रवक्ता ज्ञवालीले बताए । सोही कारण महाधिवेशन आयोजक कमिटीको यो अन्तिम बैठक हुनेछ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकता भंग गर्दै एमाले र माओवादीलाई ब्युँताइदिएपछि चैत्र ७ गते केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
केन्द्रीय कमिटी ब्युँतिएपछि माधव नेपाल पक्षको ठूलो हिस्सा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने संस्थापन पक्षको विश्लेषण छ ।
हेर्नुहोस्, तस्वीरहरू :





तस्वीर : राजन काफ्ले, प्रधानमन्त्रीको सचिवालय