![जानुकाको तीज गीत ‘मरिन्छ कि साइँलो’ [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/marinchha_ki_sailo_ul1AyMbmwG.jpg)
जानुका तामाङको तीज गीत ‘मरिन्छ कि साइँलो’ बजारमा आएको छ । कोरोना भाइरसले निम्त्याएको संकटले दुःखी गरीबलाई चुल्हो बाल्नसमेत समस्या परेको विषयमा आधारित रहेर गीत तयार पारिएको छ ।
गीतमा खेम सेन्चुरी, जानुका, विमलराज क्षेत्री, राधिका हमाल र खुमन अधिकारीको स्वर छ ।
शब्द सिर्जना नेत्र अर्यालले गरेका हुन् भने संगीत सेन्चुरीको रहेको छ । गीतको म्युजिक एरेञ्ज विनोद बाजुरालीले गरेका हुन्।
भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । सबै गायकगायिकाको अभिनय छ ।
हेर्नुहोस् भिडियोः