
बाँके राप्तीसोनारी गाउँपालिका-१, कुसुमबाट चरीबाघको छालासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा दैलेख भैरवी गाउँपालिका-३ का १९ वर्षीय जितेन्द्र शाही र दाङ घोराही उपमहानगरपालिका-९ का ३१ वर्षीय सन्तोष कुँवर रहेको प्रहरीले जनाएको छ।
बाघको छाला ल्याइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार बेलुका पक्राउ गरेको हो।
उनीहरू सवार रा. ४ प ६५०४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाई राखेको अवस्थामा छाला फेला पारिएको प्रहरीले जनाएको छ।