२८ जेठ २०८३, बिहीबार

प्रतिगमनलाई परास्त गर्न सजिलो छैनः उपेन्द्र यादव

प्रतिगमनलाई परास्त गर्न सजिलो छैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहने बताएका छन् ।
बुधबार विपक्षी गठबन्धनले गरेको अन्तरक्रिया कार्यक्रममा उनले विगत देखि वर्तमान सम्म विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने कामबाट राजनीतिक दलका नेताहरु चुकेको तर्क गरे ।

प्रतिगमनलाई परास्त गर्न सजिलो नभएको र परिर्वतन संस्थागत भई जीवन प्रणालीमा रुपान्तरण नभएसम्म प्रतिगमनका खतरा कायमै हुने भएकाले परिवर्तनलाई संस्थागत गर्ने काममा सबैको प्रयास हुनुपर्ने उनले बताए ।
उनले देशको परिवर्तनलाई संस्थागत गर्नका लागि पनि विपक्षी दलको वर्तमान गठबन्धनलाई लामो समयसम्म लैजानुपर्ने बताए ।

उनले भने,  ‘जबसम्म परिवर्तन सम्पूर्ण रुपले संस्थागत हुँदैन । प्रतिगमनको खतरा रहिरहेको हुनाले अब यो गठबन्धनलाई हामीले लामो समयसम्म लैजानुपर्ने आवश्यकता छ र यहीँ आवश्यकतालाई महशुस गरेर नै लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै अघि बढ्ने हाम्रो प्रयास रहन्छ ।’

वर्तमान गठबन्धनले प्रतिगमन परास्त भएपछि कसरी अगाडी बढ्ने भन्ने विषयमा पनि खाका बनाउनुपर्नेमा उनले जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्