×

NIC ASIA

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

असार १६, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

सरकारले वीर भक्ति थापालाई नेपालका राष्ट्रिय विभूतिमा समावेश गरेको छ । यसअघि गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, रामशाह,  अमरसिंह थापा पृथ्वीनारायण शाह, भानुभक्त आचार्य,  भीमसेन थापा,  बलभद्र कुँवर,  त्रिभुवन,  मोतीराम भट्ट,  शङ्खधर साख्वा,  पासाङल्हामु शेर्पा र  महागुरु फाल्गुनन्द गरी १६ जना भएकामा अब राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक खरीद पुनरवलोकन समितिका अध्यक्षमा भीमकुमार ओझा(पाँचथर) र सदस्यमा महेन्द्रबहादुर गुरुङ (ओखलढुङ्गा) तथा  राष्ट्रिय योजना आयोगका सदस्यमा राजबहादुर गिरी (बाजुरा)लाई नियुक्त गरिएको जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय बीमा संस्थानका प्रशासकमा कविप्रसाद पाठक(झापा)लाई पुनः नियुक्त र  नेपाल इञ्जिनीयरि¬ङ परिषद्का रजिष्ट्रारमा इ शिवमंगल गिरीलाई नियुक्त गरिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्षमा डा अर्जुन कार्की तथा सदस्यमा डा अमिना सिंह, डा असीम ढकाल, प्रा  डा विपीनचन्द्र अधिकारी, वीरेश शाह, डा दोभान राई,  डा सङ्गीताकौशल मिश्र, डा सूर्यराज आचार्य, डा उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणालाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
सरकारका प्रवक्ता नेम्वाङका अनुसार विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यमा खड्गबहादुर राई र वाङ्छेदर लामालाई नियुक्त गरिएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

 फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिको म्याद थप आगामी भदौ ३१ गतेसम्म थप गरिने भएको छ । आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ गरी लगातार दुई वर्षसम्म वार्षिक रुपमा न्यूनतम एक सय कामदार पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आव २०७८÷७९ का लागि नवीकरण गराउन आएमा सरकारले नवीकरण गरिदिने भएको छ ।

Vianet communication

सुर्खेत जिल्ला चिङ्गाड गाउँपालिकाको केन्द्र वडा नं ५, आवलिङबाट सोही गाउँपालिकाको वडा नं २ पुङ्खेत कायम गर्न स्वीकृति दिइने सरकारका प्रवक्ता नेम्वाङले जानकारी दिए । मन्त्री नेम्वाङ मन्त्रिपरिषद्का निर्णयबाट सरकारका प्रवक्ता तोकिएका हुन् । उनका अनुसार सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८  र नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत  गर्ने  निर्णय पनि भएको छ ।
    विसं २०७८ असार २२–३१ सम्म आयोजना हुन लागेको युनाइटेड नेशन हाइलेभल पोलिटिकल फोरम अन सस्टेनेबल डेभलभमेन्ट–२०२१ मा नेपालका तर्फबाट भर्चुअल सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलका नेतृत्वमा सात सदस्यीय टोलीको मनोनयन भएको छ ।

नेपाल प्रहरीको कार्य÷अपराध अनुसन्धान विभागको कार्यविभाजन गरी एक प्रहरी अतिरिक्त महानिरीक्षक पद  दरबन्दी सिर्जना गर्ने र सैनिक सेवा (चौथो संशोधन) नियमावली, २०७८ को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति प्रदान गरिने प्रवक्ता नेम्वाङले जानकारी दिए ।
 

   एशियाली विकास बैङ्कको कार्यकारी निर्देशकको कार्यालय, मनिलामा  २०२१ नोभेम्बर १ देखि  २०२३ अक्टोबर ३१ सम्मको दुईवर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकका सल्लाहकारमा अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी काजमा पठाउने निर्णय गरिएको छ ।

विश्व बैंक समूहका अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रुपमा प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र तत्सम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्नका लागि अर्थ मन्त्रालयका सचिव वा सहसचिव, अन्तरराष्ट्रिय सहायता समन्वय महाशाखालाई अख्तियारी दिइने भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई कार्य तथा सीमा सुरक्षा विभाग र कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक  रामशरण पौडेललाई मानवस्रोत विभागमा सरूवा गरिने प्रवक्ता नेम्वाङले जानकारी दिए ।

सरकारले नेपाली सेनाका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई पाइलट उपरथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने तथा मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यमा प्रा डा मनराज कोलाक्षपति, डा पदमबहादुर शाही र   डा.अनिल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यही असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का सदस्य–सचिवमा वालिङ नगरपालिका, स्याङ्जाका जीवनारायण काफ्लेलाई तोक्ने  र  खोपको क्लिनिकल ट्रायलसम्बन्धी प्रक्रिया स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता नेम्वाङले जानकारी दिए । गण्डकी नदी बेसिनमा जोखिम समुदाय तथा पारिस्थितिकीय प्रणालीको जलवायु समानुकूलन सुधार आयोजनाका लागि हरित जलवायु कोषबाट विश्व संरक्षण सङ्घमार्फत प्राप्त हुने अमेरिकी डलर २७.४ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  त्यसैगरी जापान सरकारबाट जेडिएस दोस्रो चरणअन्तर्गत सन् २०२१ का लागि छात्रवृत्तिका रुपमा प्राप्त हुने जापानी येन ३५६ मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं १० स्थित ६१–६–० बिघा नदी उकास जग्गामध्येबाट हुलाकी राजमार्ग र सोको मापदण्डअनुसारको जग्गा छाड्ने गरी रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३० वर्ष अवधिको दीर्घकालीन भाडामा उपलब्ध गराउन स्वीकृति दिइने भएको छ ।

खबर गरौँ ११४५ हेल्पलाइन सेवा सञ्चालन गर्न राजपत्राङ्कित तृतीय श्रेणीका चार अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।  बीउबिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने र सडक बोर्डको कार्यकारी निर्देशकको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x