३१ जेठ २०८३, आइतबार

सिफारिसमा तीन सहसचिव

असार १७, २०७८
सिफारिसमा तीन सहसचिव

सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करको नाम सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एकलाई सचिवमा बढुवा निर्णय गर्नेछ ।

सोही मन्त्रिपरिषद् बैठकले एकसाथ चार जनालाई सचिवमा बढुवा गर्नेछ । समितिको सोमबार बसेको बैठकले ज्येष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम अर्को बैठकले कृषि तथा वन र इञ्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस गरिसकेको छ ।

सिफारिस गरिएकालाई मन्त्रिपरिषद्ले सचिव बनाउने निर्णय गरेपछि मात्रै रिक्त अन्य सचिवका लागि समिति बैठक बस्ने बताइएको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्