हिन्दूहरूको सबभन्दा प्रिय भगवान् हुन् ? यस प्रश्नको जवाफ प्यु नामक संस्थाले भारतमा गरेको एक सर्वेक्षणले दिएको छ ।
प्यु रिसर्च सेन्टरको ३० हजार मानिसमा गरेको सर्वेमा लगभग सबै अर्थात् ९७ प्रतिशत भारतीयहरूले भगवानमा आस्था व्यक्त गरे । लगभग ८० प्रतिशतले ईश्वरको अस्तित्वमा विश्वास गरे ।
हिन्दूहरूले कैयौं देवीदेवतामा आस्था रहेको कुरा स्वीकार गरे तर भगवान् शिव र गणेशप्रति सबभन्दा बढी मानिसको आस्था देखियो ।
पारम्परिक रूपमा हिन्दूहरूमा ईष्टदेवतालाई मान्ने चलन छ । हिन्दूहरूले कुनै एक देवी वा देवताप्रति गहन आस्था राख्ने तर अन्य सबै देवतालाई पनि सम्मान गर्ने गर्छन् ।
सर्वेक्षणमा मानिसहरूलाई १५ देवीदेवताको तस्वीर देखाइएको थियो । अधिकतर हिन्दूहरूले एकभन्दा बढी देवताप्रति आस्था देखाए ।
शिवजीलाई सबभन्दा धेरै ४४ प्रतिशतले आफूनजिक अनुभव गर्ने बताए । त्यसबाहेक एक तिहाइ भारतीयले हनुमानजी र गणेशजीप्रतिको आस्था व्यक्त गरे । हनुमानजीलाई मान्ने मानिसको संख्या ३५ प्रतिशत थियो । अनि ३२ प्रतिशतले गणेशजीप्रति आस्था देखाए ।
भारतका विभिन्न स्थानमा देवीदेवताका सम्बन्धमा विविधता देखियो । पश्चिम भारतमा ४६ प्रतिशत मानिस गणेशजीमा आस्था राख्छन् भने पूर्वोत्तरमा भगवान् कृष्णप्रति आस्था राख्ने ४६ प्रतिशत थिए ।