१८ असार २०८३, बिहीबार

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनलबीच सम्झौता

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनलबीच सम्झौता

एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयानी इन्टरनेशनल नेपाल प्रा.लि बिच  सम्झौता भएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगका योजनाहरुको योजना  व्यवस्थापक तथा  डिपोजटरी रहेको लिमिटेड र नेपालमा के.फ.सी., पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन ब्राण्डहरु सञ्चालन गरिरहेको कम्पनीबीच सम्झौता भएको हो ।

एनआईबीएल म्युचुअल फण्ड अन्र्तग सञ्चालित एनआईबीएल सहभागीता फण्डको ‘कर्पोरेट पेरोल एसआईपी’ अन्तर्गत  व्यवस्थित लगानी योजनाको लागी सम्झौता पत्रमा एक समारोह बिच हस्ताक्षर भएको हो  ।

उक्त सम्झौतामा देवयनी इन्टरनेसनल नेपाल प्रा.लि.का तर्फबाट कम्पनीका नायव महाप्रबन्धक रितु राज शाह र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाल गत मंगलबार हस्ताक्षर गरेका छन् । 

यस योजना अन्तर्गत, देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.का कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको अन्र्तगत लगानी गर्ने छन् । 

salt training

कमेन्ट गर्नुहोस्