०८ असार २०८३, सोमबार

नेपाल राष्ट्र बैंकको नाममा 'फेक फेसबूक अकाउन्ट', राष्ट्र बैंकले जारी गर्‍यो यस्तो सूचना

नेपाल राष्ट्र बैंकको नाममा 'फेक फेसबूक अकाउन्ट', राष्ट्र बैंकले जारी गर्‍यो यस्तो सूचना

 नेपाल राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक खाता दुरुपयोग भएको छ ।

केन्द्रिय बैंकको हालसम्म कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको व्यहोरा जानकारी गराएको छ ।

अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा केन्द्रिय बैंकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून बमोजिम कारबाही गर्ने केन्द्रिय बैंकले बताएको छ ।

राष्ट्र बैंकले खोलिएका फेसबुक पेजमा आफ्नो कुनैपनि सूचना प्रविष्ट नगर्ने सर्वसाधारणलाई आग्रह गरेको छ भने त्यस्ता पोस्टमा विश्वास नगर्न फेसबुक प्रयोगकर्तालाई भनेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्