
जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी कञ्चनपुरको पुर्नवास नगरपालिका–८ का हर्कबहादुर धामीलाई प्रहरीले बिहीवार पक्राउ गरेको छ ।
घरमै लुकीछिपी बसेका बेला धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।
कञ्चनपुर जिल्ला अदालतको विक्रम संवत् २०५४ चैत २० गतेको फैसलाले १५ दिन कैद भई धामी फरार रहेका थिए ।
पक्राउ परेका धामीलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
यसैगरी, बेचबिखन मुद्दामा ५० हजार रुपैयाँ जरिवाना भई लगतमा बसेका भीमदत्त नगरपालिका–१८ का यादव पाण्डेय, जालसाँज मुद्दामा ३७ हजार ५०० रुपैयाँ जरिवाना भई लगत भई बसेका कृष्णपुर नगरपालिका–४ का चन्द्रबहादुर साउँद र सार्वजनिक मुद्दामा ३०० जरिवाना भई लगत बसेका बैतडी हटैराज गाउँपालिका–४ का लक्ष्मी चन्दलाई अदालतमा उपस्थित गराई असूलउपर गरिएको छ ।