३१ जेठ २०८३, आइतबार
एमाले विवाद

भोलिको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू छलफलमा

भोलिको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू छलफलमा

भोलिको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्न माधव नेपाल पक्षको स्थायी कमिटी बैठक शुरू भएको छ ।

काठमाडौंमा बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहीवार दिउँसोदेखि छलफल शुरू भएको हो । 

बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डेलगायत नेताहरू सहभागी छन् । 

बुधवार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने निर्णय गर्दै भोलि १८ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । 

नेपाल समूहभित्र भोलिको बैठकमा सहभागि हुन दबाब परेको छ । 

एमालेमा जेठ २ गतेको संरचना ब्युँताउने निर्णयपछि हिजो दुवै पक्षका नेताहरूबीच छलफल भएको थियो ।

फागुन २३ मा सर्वोच्चको आदेशले नेकपा भंग भई एमाले ब्युँतिएपछि नेपाल पक्षले जेठ २ को अवस्थामा फर्काउन माग राख्दै आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्