
बलिउड नायिका तापसी पन्नु ‘हसीन दिलरुबा’सँगै ओटीटी प्लेटफर्ममा डेब्यू गर्दैछिन् । उनको यो पहिलो चलचित्र हो, जुन सिनेमाघरको सट्टा ओटीटी प्लेटफर्ममा आउनेछ ।
विनिल माथ्यूद्वारा निर्देशित यो चलचित्र साइकोलोजिकल थ्रिलर हो । चलचित्रमा तापसीसँगै विक्रान्त मस्सी र हर्षवर्द्धन राणे मुख्य भूमिकामा छन् ।
यो चलचित्र जुलाई २ अर्थात् शुक्रवार नेटफ्लिक्समा रिलिज हुँदैछ । नेटफ्लिक्स ओरिजिनल चलचित्र वा वेबसिरिज दिउँसो सवा १२ बजे आसपास देखाइन्छ । हसीन दिलरुबा पनि सोही समय आसपास रिलिज गरिने बताइएको छ ।
यस्तै अमेजन प्राइभ मिडियोमा जुलाई २ कै दिन हलिउड चलचित्र ‘द टुमोरो वार’ रिलिज हुँदैछ । यो साइन्स फिक्सन चलचित्र हो । चलचित्रमा क्रिस प्रेट मुख्य भूमिकामा छन् ।
यो चलचित्र अंग्रेजीसँगै हिन्दी, तमिल र तेलुगुमा पनि रिलिज हुनेछ । प्राइममा ओरिजिनल चलचित्र मध्यरातमा रिलिज गर्ने चलन छ । यो पनि मध्यरातमा नै रिलिज हुन सक्ने बताइएको छ ।