![यस्तो छ ‘फिलहाल २’ को टिजर [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/mohabbat_2_z1Lr8xEiyq.jpg)
म्युजिक भिडियो ‘फिलहाल’ २०१९ मा रिलिज भएको थियो । यसले धेरै रेकर्डहरू बनाएको थियो । यसले युट्युबमा एक बिलियन भ्युअर्स पार गरेको छ ।
यही गीतको सिक्वेल पनि घोषणा गरिएको थियो, जसले प्रशंसकको उत्सुकता एकदमै धेरै बढेको छ । जो कोही ‘फिलहाल २ मोहम्मद’को गीत सुन्न र हेर्न प्रतीक्षारत छन् ।
यसैक्रममा निर्माताहरूले बुधवार यसको टिजर रिलिज गरेका छन्। रिलिजको केही घण्टामै यसले इन्टरनेटमा धुम मचाएको छ।
अहिलेसम्म युट्युबमा ११ मिलियनभन्दा बढीपटक यो गीत हेरिएको छ। यो गीत जुलाई ६ मा रिलिज गर्ने तयारी छ ।