
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्रमुख साझेदार मुलुक चीनसँग रणनीतिक सम्बन्ध अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्ष पूरा भएको अवसरमा चीनका राष्ट्रपति सी चिनफिङलाई बधाई सन्देश पठाउँदै किमले यो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
गरीबीविरुद्ध लड्ने तथा धनी समाज निर्माण गर्ने सीको प्रयासलाई उनले प्रशंसा गरे । देशको शक्ति बढाउने तथा अन्तर्राष्ट्रिय सम्मान बढाउने काम पनि सीले गरेको किमको भनाइ छ ।
‘
वर्कर्स पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीसँग सुदृढ एकताका साथ दुई देशबीचको मित्रतालाई नयाँ रणनीतिक विन्दुमा पुर्याउनेछ र दुवै देशका जनताले चाहेको पनि यही हो,’ किमले बताए ।
दोस्रो विश्वयुद्ध लगत्तै बनेको उत्तर कोरियाको प्रमुख साझेदार चीन नै हो । उत्तरको सबभन्दा ठूलो व्यापारिक साझेदार पनि चीन हो । दुई देशबीचको कारोबार पोहोर साल केही खस्केको भए पनि यो वर्ष पुनरुत्थान हुन थालेको छ ।