०१ असार २०८३, सोमबार

नागरिकता अध्यादेश सदनमा टेबुल गर्ने बेला माओवादी सांसद विडारीको आपत्ति तर लागेन नियमापत्ति

नागरिकता अध्यादेश सदनमा टेबुल गर्ने बेला माओवादी सांसद विडारीको आपत्ति तर लागेन नियमापत्ति
फाइल फोटो

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नागरिकता अध्यादेश सदनमा पेश गर्न लागिएको भन्दै नेकपा माओवादी केन्द्रले सदनमा आपत्ति जनाएको छ ।

बिहीवार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले गृहमन्त्री विष्णु पौडेलको तर्फबाट भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङलाई नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश पेश गर्न अनुमति दिएका थिए । 

त्यसलगत्तै माओवादी सांसद रामनारायण विडारीले नियमापत्ति गर्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सदनमा अध्यादेश पेश गर्न नपाइने जिकिर गरे । 

जवाफमा अध्यक्ष तिमल्सिनाले सदन शुरू भएको पहिलो पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्ने संवैधानिक दायित्व रहेको बताए । ‘नागरिकता अध्यादेशको बारेमा नियमापत्ति लागेन,’ तिमल्सिनाले भने । उनले अध्यादेश टेबल भएपछि यसमाथि छलफल नहुने स्पष्ट गरे । 

त्यसपछि मन्त्री नेम्वाङले अध्यादेश पेश गरे । संविधानमा भएको व्यवस्था कार्यान्वयन र कुनै पनि व्यक्ति नागरिकता विहीनताको अवस्था नहोस् भनेर अध्यादेश ल्याउनुपरेको बताए । 

उनले सर्वोच्च अदालतले जेठ २७ गतेको अन्तरिम आदेश जारी गरेको विषय सरकारको जानकारीमा रहेको बताए । बैठकका अन्य अध्यादेश पनि पेश भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्