२२ असार २०८३, सोमबार

पहिरोमा एम्बुलेन्स पुरियो, बिरामीको मृत्यु

पहिरोमा एम्बुलेन्स पुरियो, बिरामीको मृत्यु

बिरामी बोकेर अस्पताल जाँदै गरेको एम्बुलेन्स पहिरो / बाढीमा परेको छ । बिरामीको बाटोमै ज्यान गएको छ ।
कास्कीको मादी गाउँपालिकामा बिहीबार बिरामी बोकेको एम्बुलेन्स बाढी पहिरोमा परेको हो । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको ग१झ ४४८ नं.को एम्बुलेन्समाथि बाढीपहिरो खस्दा ८३ वर्षीया बिरामी गोमा अधिकारीको बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेको हो । उनलाई बाढीले करिब सय मिटर तलसम्म पु¥याएको थियो । उनले भागेर ज्यान जोगाउन सफल भए । घाइते अधिकारीलाई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ ।

मुग्रीवेसीबाट पोखरा आउन ३ घण्टा लाग्छ । सो घटना गोमा अधिकारीको घरबाट नजिकै पर्छ । गाडीमा करिब १० मिनेटमा पुगिन्छ ।
बिरामी गोमासहित उनको परिवारका अन्य ३ सदस्य, चालक र सहचालक गरी एम्बुलेन्समा ६ जना सवार थिए ।

गोमाको बाटैमा मृत्युपछि त्यतैबाट शव घरतर्फ लगिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्