०७ असार २०८३, आइतबार

माई सेकेन्ड टिचरले दियो राष्ट्रिय  क्रिकेट टोलीलाई ५ लाख र डेब्यु गर्ने ४ खेलाडीलाई एक–एक लाख

माई सेकेन्ड टिचरले दियो राष्ट्रिय  क्रिकेट टोलीलाई ५ लाख र डेब्यु गर्ने ४ खेलाडीलाई एक–एक लाख

माई सेकेन्ड टिचरले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख रुपैयाँ र ४ डेब्यु गर्ने ४ खेलाडीहरूलाई जनही एक एक लाख रुपैयाँ प्रदान गरेको छ । 

गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको  त्रि देशिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको टोलीलाई मुख्य प्रायोजक माई सेकेन्ड टिचरले बिहीवार एक समारोहबीच नगद हस्तान्तरण गरेको हो । 

माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई नगद प्रदान गरेको जनाएको छ । 

प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको माई सेकेन्ड टिचरले जनाएको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेशिया र नेदरल्याण्डस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो ।

अब आउँदो जुलाईमा स्पेनस्थित आयोजना हुन गइरहेको विश्वकप लिग टु मा नेपालले दोश्रो श्रृङखलामा स्कटल्याण्ड र नाम्बियाको सामना गर्ने छ । 

समारोहका बीचमा नेपालका सर्वोत्कृष्ट खेलाडी ज्ञानेन्द मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट रहने दाबी गरेका थिए । 

समारोहका बीच इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने,‘ट्राई नेशन सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्वशाली महसुस भएको छ । नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्र्तराष्टिय खेलकुद जगत्मा नेपाल चाडैँ नै फस्टाउने कुरामा निकै आशावादी रहेको छु । साथै , माई सेकेण्ड टिचरले नेपाली शैक्षिक क्षेत्रको मात्रै नभई नेपाली खेल जगत्को स्तरोन्नति तथा नेपाली खेलाडीको मनोबल उच्च गराउन आगामी दिनहरुमा पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरी खेलकुद क्षेत्रमा आमुल परिवर्तन ल्याउने कुरामा प्रतिबद्ध रहेकोे छ । पुरस्कृत खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु ।’

नेपालको शैक्षिक क्षेत्रको स्तरोन्नतिमा लागि परेको यस ई लर्निङ प्लेटफर्मले नेपाली खेलकुद एवम् नेपाली युवावर्गको विशिष्ट प्रतिभामा समेत विशेष ध्यानाकर्षण गर्दै उनीहरुको योग्यताको सही पहिचान तथा हौसलामा बढावा दिई यस प्रतिस्पर्धाको आयोजना गरेको हो  ।  

वैशाख १ गतेदेखि देशभर ई लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचर ( एम् . एस् . सी ) नेपाली शैक्षिक क्षेत्रमा आमुल परिवर्तनको उद्धेश्यसहित उपलब्ध गराइएको थियो ।

नेपालको शैक्षिक गुणस्तरको सुधार एवम् स्तरोन्नति अपरिहार्य रहेको पहल गर्दै इन्नोभेट टेकका संस्थापक अध्यक्ष बुढाथोकीले उक्त प्लेटफर्म नेपालको शैक्षिक क्षेत्रका लागि कोशेढुङगा साबित हुने विश्वास व्यक्त गरेका थिए । 
यस प्लेटफर्ममा अनलाइन ट्युटर सेवा, विद्यार्थीको सही मूल्यांकनका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र त्यसअनुरुपको डाइगोनोस्टिक रिर्पोट, क्षमता परिक्षणका निमित्त जुनसुकै समयमा अभ्यासका लागि अनलाईन टेस्ट पेपरलगायत अन्य थुप्रै विशेषताहरु रहेका छन् । 

नेपालकै शिक्षा नीतिलाई लक्षित गरी बनाइएको यस प्लेटफर्म विश्वभर २० विकसित देशका दर्जनौँ क्याम्ब्रिज विद्यालय एवम् विश्वविद्यालयका हजारौँ विद्यार्थी , शिक्षक तथा अभिभावकहरुले प्रयोग गर्दै आएका छन् ।

अमेजन वेब सर्भिसेसको ‘इडी स्टाट’ अवार्डबाट सम्मानित यस ई लर्निङ प्लेटफर्म सन् २०२०मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ई लर्निङ प्लेटफर्ममा शीर्ष स्थान हात पार्न सफल रहेको थियो । 
 

 
  

    
 

कमेन्ट गर्नुहोस्