०८ असार २०८३, सोमबार

१८ गतेदेखि सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटे व्यवसायी

१८ गतेदेखि सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटे व्यवसायी

नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गते सम्म सरकारको निर्णयलाई कुर्ने भएका छन् ।

काठमाडौ जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा विहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि सहितको बैठकमा यस्तो सहमति भएको हो ।

असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौले २५ सिट भन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ती जारी गरि सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतस्फुर्त रुपमा असार १८ गते देखि देशव्यापी रुपमा सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।

सोही विषयमा विहिबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सिसिएमसी, मातहतका निकाय, स्वास्थय मन्त्रालय तथा जिल्ला स्तरमा पनि समन्वय गर्नुपर्ने भन्दै निर्णयका लागि ४ दिनको समय माग्नुभएको थियो । प्रमुख जिल्ला अधिकारीले केही समय मागेकाले आफुहरु तत्कालका लागि १८ गते देखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले छलफलमा २१ गते सम्म सरकारी निर्णयलाई पर्खिने सहमति भएको जानकारी दिए ।  २१ गते पनि आफुहरुको पक्षमा निर्णय नभए २२ गते देखि सवै सवारीसाधन सञ्चालन गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्