मुलुकका अधिकांश भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती लगायतमा बहाव धेरै नै बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पुर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ।