×

NMB BANK
NIC ASIA

कोष र बैंकबीच विवाद

सामाजिक सुरक्षा कोष र बैंकहरूबीच टसल– बैंकर्सहरू आन्दोलित, कहाँ मिलेन कुरा ?

अदालत जाने तयारीमा बैंकका कर्मचारी, कोष भन्छ– ‘वार्ता गर्न तयार छौं’

असार १८, २०७८

NTC
Sarbottam
सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलित माछापुच्छ्रे बैंकका कर्मचारी
Premier Steels
Marvel

पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंकहरूबीचको विवाद उत्कर्षमा छ । बैंकका कर्मचारीहरू यथास्थितिमा कोषमा सहभागी हुन मानिरहेका छैनन् ।

Muktinath Bank

कार्यविधि नै संशोधन गरेर आफूहरूका माग सम्बोधन हुनुपर्ने उनीहरूको अडान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवारबाट अधिकांश बैंकका कर्मचारीहरूले आन्दोलन शुरू गरिसकेका छन् । आन्दोलनरत कर्मचारीहरूले अदालतमा मुद्दा समेत दायर गर्ने तयारी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

‘माग सम्बोधन गर्नेतर्फ कोषले कुनै पनि कदम चालेन, त्यसकारण हामी अहिले डकुमेन्टेसनको काममा छौं । केही दिनमा अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ,’ वित्तीय संस्था कर्मचारी संघका उपमहासचिव विकास श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनले युनियनको मागमा कोषले कुनै चासो नदेखाएको आरोप लगाए ।

उनले भने, ‘हामी अहिले गर या मरको अवस्थामा छौं । कोभिड महामारीको समयमा कोषले हामीलाई पेलेर अगाडि बढिरहेको छ ।’

असार मसान्तसम्म आउनुपर्छ भन्दै धम्कीपूर्ण भाषा बोलेको समेत उनको भनाइ छ । 

‘हामीले वार्तामार्फत समस्या हल गर्नुपर्ने भने पनि कोषले बेवास्ता गरेकाले अहिले आन्दोलनमा उत्रिन बाध्य भएका हौं,’ उनले भने ।

यता विभिन्न कर्मचारी संघहरूले १५ बुँदे माग राखेपछि सामाजिक सुरक्षा कोषले विभिन्न छलफलहरू समेत गरेको छ ।

यद्यपि कोष र बैंकर्सबीचको विवाद ज्यूँका त्यूँ छ । 

यसबीचमा कोषले आफूहरूले कोषको बारेमा सबै क्षेत्रलाई बुझाउन हरसम्भव प्रयास गरेको दाबी गरेको छ ।

कोषका एक कर्मचारीले लोकान्तरसँग भने, ‘हामीले बैंकर्सहरूसँग सबै विषयवस्तुमा छलफल गरेका छौं । सबै कुराहरू कानूनले निर्दिष्ट गरेका हुन् । अझै उनीहरूलाई के चाहियो बुझ्न सकेका छैनौं ।’

के हो विवाद ? 

बैंकका कर्मचारीहरूका विभिन्न संगठनले असार ८ गते १५ बुँदे मागसहित विज्ञप्ति जारी गरेका छन् । 

उनीहरूले १५ बुँदामा पेन्सन, सेवा सुविधामा समान व्यवहारदेखि कार्यविधि नै संशोधन गर्नुपर्ने माग समेत राखेका छन् । 

बैंकका कर्मचारीले सामूहिक सौदाबाजी गर्न पाउने अधिकार कुण्ठित हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा ६४ मा भएको व्यवस्था अविलम्ब खारेज गर्नुपर्ने माग अगाडि सारेको छ । 

युनियनले २०७८ साउन १ गते वा त्यो भन्दा पछि योगदान गर्ने कर्मचारीहरूको योगदान रकम बाँडफाँडसम्बन्धी व्यवस्थाको पनि युनियनले विरोध गरेको छ । उसले  सावाँ रकम फिर्ता नभई योगदान रकमको करीब ७ प्रतिशत हिसाब गर्दा पाउने ब्याज बराबरको रकम मात्र निवृत्तिभरण योजनामा पेन्सन स्वरूप पाउने व्यवस्था गरिएको देखिएको बताएको छ ।

यूनियनले भनेको छ, ‘उक्त रकमलाई बैंकमा राख्दा समेत त्यो भन्दा बढी ब्याज आर्जन गरी सावाँ समेत सुरक्षित रूपमा फिर्ता प्राप्त हुने हुँदा कोषको योगदानमा प्राप्त हुने प्रतिफल अझ आकर्षक हुनुपर्ने ।’
युनियनले कोषमा आबद्धताको विषय स्वेच्छिक गर्नुपर्ने लगायतका मागहरू राखेको छ । यस्तै

युनियनको सुझाव अनुसार संशोधनपश्चात कोषमा सहभागी हुनका लागि सूचीकृत हुने अवधि एक वर्षका लागि थप्नुपर्ने बताएको छ । 

स्वेच्छिक बनाउने विषय नै कानूनविपरीत 

कोषले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले श्रम ऐन लागू हुने क्षेत्रका लागि सामाजिक सुरक्षा कोष अनिवार्य भएको भन्दै  यसलाई स्वेच्छिक बनाउने विषय कानूनविपरीत हुने बताउँदै आएको छ ।

कोषका सहप्रवक्ता रोहित रेग्मीले अहिले कोषलाई स्वेच्छिक बनाउने विषय नै कानूनविपरीत रहेको बताए । 

उनले कोषमा आबद्धताका लागि २०७५ कार्तिक २६ को राजपत्रमा सूचना प्रकाशित भएको र २०७६ साउनदेखि कार्यान्वयनमा आइसकेको सन्दर्भमा कार्यविधिको दोस्रो संशोधन समेत २०७७ माघ २९ गते स्वीकृत भएको स्मरण गराउँदै उनले यसरी हेर्दा यो सीमा पर्याप्त नै रहेको दाबी गरे । 

कोषमा आबद्धता सधैं खुला रहने विषय समेत भएको सन्दर्भमा यो विषय सधैँ खुला भएको तर कोषमा आबद्धता नभएर कुनै निकायमा कार्यरत श्रमिकले सेवाबाट विमुख हुन नपरोस् भन्ने कानूनी व्यवस्था समेत रहेको उनले स्मरण गराए ।

उनले असार मसान्तसम्मको समय कार्यविधिले नै प्रदान गरेको भन्दै यस व्यवस्थाअनुसार जाँदा रोजगारीको अन्त्य हुने बित्तिकै चाहेमा एकमुष्ठ रकम निकाल्न पाउने व्यवस्था गरेको सुनाए ।

उनले भने, ‘२०७८ साउनपछि योगदान प्रारम्भ गर्ने र १८० महिनाभन्दा बढी योगदान गर्नेहरूका लागि स्वतः पेन्सनमा उहाँहरू जान चाहनुभएको हामीले बुझ्नुपर्ने हुन्छ ।’

उनले कोषले पेन्सन योजना आकर्षित हुने संशोधनहरूले पेन्सनलाई थप आकर्षित बनाउने दावी गरे । 

उनले भने, ‘कोषको मुख्य आकर्षण नै पेन्सन हो । यसलाई थप आकर्षक बनाउँदै जान्छौं । यसमा विरोध गर्नुपर्ने आवश्यकता नै छैन ।’ 

सहप्रवक्ता रेग्मीले भने पेन्सनलाई योगदानकर्तामैत्री बनाउँदै लैजाने प्रतिबद्धता कोषले बारम्बार जनाइरहेको समेत बताए ।

रोजगारदाताले दिएन भने उनीहरूले रोजगारदाताविरुद्ध कानूनी उपचार गर्ने ठाउँ रहेको समेत उनको भनाइ छ । 

उनका अनुसार कोषले बैंकर्सहरूलाई सामूहिक सौदावाजीको अधिकार श्रम ऐन २०७४ को दफा ११६ ले प्रत्याभूत गरेको छ । 

सँगै सोही ऐनको दफा ३ मा आफ्नो प्रतिष्ठानसँग असम्बन्धित विषय लगायत ६ वटा विषयमा सामूहिक सौदावाजी गर्न नमिल्ने भन्दै कानून बुझाउने प्रयास गरेको छ । 

कोषले जुन ऐनले अधिकार दिएको हो सो अधिकार शसर्त रहेको र यसमा कोषको योगदानको दर र सुविधामा मात्र सामूहिक सौदाबाजी गर्न नमिल्ने भएकाले श्रम ऐनका अन्य विषयहरूमा सामूहिक सौदाबाजीको अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ ।

रेग्मी भन्छन्, ‘कानूनले नै योगदानकर्ताले खाइपाई आएको सुविधा घटाउन नपाउने भनेको छ । यदि रोजगारदाताले घटाए भने उनीहरूमाथि कानूनी उपचार खोज्नुपर्ने हुन्छ,’ उनले थपे, ‘हामीले योगदानकर्तालाई भनेका छौं, बरू उहाँहरूसँग छलफल गरेर बुझाउनुपर्छ भने हामी छलफल गर्छौं ।’

कोष र बैंकर्सबीचको कनेक्सन कहाँ ‘मिस’ ? 

कोष र बैंकर्सहरूबीचको कनेक्सन कहाँ ‘मिस’ भइरहेको छ भन्ने नै आफूहरूले खोजिरहेको सह–प्रवक्ता रेग्मी बताउँछन् ।

उनले भने, ‘हामीले उहाँहरूलाई यतिसम्म भनेका छौं कि कहाँ गएर कुन मासमा ? रोजगारदातासँग कि कोसँग छलफल गर्नुपर्ने हो हामी गर्छौँ । भावनामा बगेर होइन त्यो कानूनीरूपमा हुनुपर्छ ।’

उनले थपे, ‘मैले केसम्म भनेको छु भने खाइपाइ आएको सुविधा घट्ने हो भने तपाईंहरूको पछाडि झण्डा बोक्ने, किनकी सुविधा घट्ने कानूनले कल्पनै गरेको छैन भनिरहँदा उहाँहरू हामीसँग फेस गर्ने वा कुरा गर्ने नै गर्नुभएको छैन ।’ 

‘हामीले केही समय सबै ट्रेड युनियनका साथीहरूसँग कोषकै हलमा कुरा गरेका थियौँ, त्यसकारण उहाँहरूका कुनै खासै समस्या छैनन् । तर असार अगाडिको ठीकै छ कि पछाडि आउनुचाहिँ भएन भन्नुहुन्छ,’ उनले थपे, ‘फरक व्यवस्था त उहाँहरूकै कार्यालयमा पनि छ । उहाँहरूले त्यो चाहिँ स्वीकार्नुभएको छ फेरि ।’

‘बाँकी कुनै पनि कुरा लजिकल छ जस्तो मलाई लाग्दैन । उहाँहरूकै नेताहरूको उपस्थितिमा कार्यविधि बनाइएको हो । उहाँहरूको कुनै विरोध छैन । तर बाँकीहरूको समस्या के हो बुझ्नै सकिएन ।’

आन्दोलनरत कर्मचारीहरू वा युनियनका सदस्यहरू वार्ता गर्न आएमा कोष वार्ताका लागि तयार रहेको समेत उनले बताए ।

उनले भने, ‘हामी वार्ताका लागि तयार छौं, उहाँहरू वार्ता गर्न आउनुपर्‍यो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x