२१ जेठ २०८३, बिहीबार

डेल्टा भेरिएन्टविरुद्ध पनि आफ्नो खोपले काम गर्ने जोनसन यान्ड जोनसनको दाबी

असार १८, २०७८
डेल्टा भेरिएन्टविरुद्ध पनि आफ्नो खोपले काम गर्ने जोनसन यान्ड जोनसनको दाबी

कोरोनाभाइरसको डेल्टा भेरिएन्टले संसारलाई चिन्तित तुल्याएको छ । 
 

विज्ञहरूका अनुसार, यो भेरिएन्ट संक्रामक र बलियो भएकाले खोपहरूको असर पनि यसमा परिरहेको छैन । तर सबै खोप कम्पनीले यस भेरिएन्टलाई पनि आफ्नो खोपले रोक्ने बताइरहेका छन् । 

यसैबीच जोनसन यान्ड जोनसनले आफ्नो सिंगल डोज खोपले डेल्टा भेरिएन्ट र भाइरसको अन्य स्ट्रेनका लागि असरदार रहेको दाबी गरेको छ । 
 

जोनसन यान्ड जोनसनले संक्रमणविरुद्ध खोपले लामो समयसम्म दोहोरो सुरक्षा दिने बताएको छ । कम्पनीको डेटा अनुसार, खोप लिने मानिसहरूमा कम्तीमा पनि आठ महिनासम्म इम्युन रेस्पोन्स पाइएको छ ।

कम्पनीका अनुसार, यो खोप ८५ प्रतिशतसम्म प्रभावकारी छ । अनि यसले संक्रमितलाई अस्पताल भर्ना हुन र मृत्युबाट समेत बचाउँछ । 
 

जोनसन यान्ड जोनसनका अनुसन्धान प्रमुख डा मथाई मेमनले भने, ‘आठ महिनाको डेटा हेर्दा हाम्रो कम्पनीको सिंगल शट भ्याक्सिनले बलियो न्युट्रलाइजिङ एन्टीबडी बनाउने र त्यो समयक्रममा थप बलियो बन्दै जाने देखाएको छ ।’

यो खोप लगाउने मानिसहरूमा डेल्टा सहित सबै भेरिएन्टविरुद्ध बलियो एन्टीबडी पाइएको र खोपको डेटा बायोआरएक्सआईभीमा बुझाएको कम्पनीको दाबी छ । तर यस अध्ययनको समीक्षा गरिसकिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्