०२ असार २०८३, मंगलबार

टिभिएसले ल्यायो ‘साथ छ हाम्रो’ योजना

टिभिएसले ल्यायो ‘साथ छ हाम्रो’ योजना

कोभिड १९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवनयापन सहजबनाउँदै अघि बढ्न टिभिएसले ‘साथ् छ हाम्रो योजना’ सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत टिभिएसको कुनैपनि मोटर्साइकलवा स्कुटरको खरिदमा ८ हजार छुट पाइने छ । 

यसै गरि किस्ताबन्दीमा मोटरसाइकलवा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म ० प्रतिशत व्याजदरको समेत विशेष सुविधा रहेको छ ।

टिभिएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको छ ।

जगदम्बा मोटर्सप्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । 

नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थानजमाउन सक्षम भएको छ । 

गुणस्तरीय उत्पादनहरु,बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दाज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्