१४ असार २०८३, आइतबार

नयाँ पुस्तालाई सिद्धार्थ बैंकको 'जेन जेड' बचत खाता, के–के छन् विशेषता ?

नयाँ पुस्तालाई सिद्धार्थ बैंकको 'जेन जेड' बचत खाता, के–के छन् विशेषता ?

नयाँ पुस्तालाई लक्षित गरी सिद्धार्थ बैंकले छुट्टै किसिमको नयाँ बचत खाताको  योजना सार्वजनिक गरेको छ ।

'जेन जेड' बचत खाता यस्तो किसिमको योजना हो, जुन खातामा सन् १९९५ अर्थात (वि.सं.२०५१) साल वा यसपछि जन्मिएका व्यक्तिहरू विशेष लाभान्वित हुनेछन् । 

ग्राहक लक्षित समय सुहाउँदो बिभिन्न योजनाहरु समय समयमा सार्वजनिक गर्दै आम ग्राहकहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउन सफल सिद्धार्थ बैंक पुर्ण रुपमा प्रविधि मैत्री बैंक हो । यसको पछिल्लो बचत खाताको रुपमा यो स्कीम(योजना) सिद्धार्थ  'जेन जेड' बचत खाता सार्वजनिक गरेको छ ।

नयाँ पुस्तालाई लक्षित गरी ल्याइएको यस बचत खाता यस पुस्ताको लागि एक  उपहारस्वरुप रहनेछ भने सार्वजनिक गरिएको यस योजनालाई बैंकले नयाँ जेनेरेशनको ‘नयाँ जेन–जेड’ नाम दिएको छ ।

यसबाट यो कुरा बैंकले पुष्टि गर्न चाहेको छ कि २१ औं शताब्दीको अहिलेको समयमा बैंकिङ पहुँच सर्वव्यापी हुनु जरुरी छ । 

समयको परिवर्तन एवं मानिसको बैकिङ्ग क्षेत्रसँगको पहुँचको विकाससँगै वित्तीय साक्षरता पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

सरकारले प्रत्येक नागरिक समक्ष बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यका साथ ‘खोलौँ बैंक खाता’ अभियान सञ्चालन गरिरहेको अहिलेको समयमा नयाँ उमेर समूहका लागि  लक्षित गर्दै बैंकले यो योजना ल्याएको हो ।  

युवा पुस्तामा बचतको गर्ने बानीको विकास गर्नका लागि यस्तो योजना सार्वजनिक गरेको जनाएको छ । ‘नयाँ जेन–जेड’ बचत खाता अन्तर्गत बचत गर्ने ग्राहकले विभिन्न आकर्षक अफरहरू समेत पाउनेछन् । 

प्रविधिले धानेको अहिलेको समय ‘डिजिटल’ समय हो । व्यस्त समयको सारथिका रूपमा बैंकले डिजिटल सेवा सुविधालाई  नयाँ पुस्तामा समेत प्रदान गरेको छ ।  

तपाईंको बचतमा अब सिद्धार्थ बैंकले दिन्छ आकर्षक ब्याजदर, यस्ता छन् अन्य सुविधाहरू नयाँ पुस्तालाई लक्षित गर्दै बैंकले यस बचतमा आकर्षक ब्याजदरको अवसर दिएको छ । 

नयाँ जेनेरेसनको ‘जेन–जेड’ बचत योजनामा हाललाई बैंकले ४ प्रतिशत ब्याजदर लागू गरेको छ ।

बैंकले समय परिस्थिती अनुसार मूल्यांकन गर्दैै यस ब्याजदरलाई आवश्यकताअनुसार परिमार्जन गर्न सक्नेछ । 

बैंकले निशुल्क रूपमा अनलाइन खाता खोल्न सकिने व्यवस्था समेत गरेको छ ।  यस बचत खाताका अन्य सुविधाहरू अझै आर्कषक रहेका छन् ।

तपाईंलाई लाग्न सक्छ कि सिद्धार्थ बैंकको यस योजनामा सहभागी हुँदा केकस्ता सुविधाहरू पाउन सकिन्छ ? 

नयाँ पुस्तालाई बैंकिङ क्षेत्रमा प्रोत्साहन तथा सहभागी गराउनका लागि बैंकले विभिन्न विशेषता तथा सुविधाहरू यस योजनामा समाविष्ट गरेको छ । 

बैंकले यस योजनामा सहभागी हुने ग्राहकहरूलाई २ वर्षसम्म डेविट कार्ड निशुल्क उपलब्ध गराउने छ । 

यस्तै खाता खोलेको पहिलो एक वर्षसम्मका लागि बैंकले क्रेडिट कार्डको निशुल्क व्यवस्था गरेको छ । 

पछिल्लो समय डिजिटल समय हो । विश्वका अधिकांश मुलुकसँगै नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९)को महामारी पश्चात इन्टरनेट प्रयोगले सुचना प्रविधिमा ठूलो फड्को मारेको छ । 

महामारीको समयमा अनावश्यक भिडभाड हुन नदिन तथा ग्राहकको स्वास्थ्य एवं सहजताका लागि यस बचत खातामा बैंकले इन्टरनेट बैंकिङ तथा स्मार्ट/मोबाइल बैंकिङ २/२ वर्षसम्मका लागि निशुल्क उपलब्ध गराउने छ । यस योजनामा सहभागी ग्राहकहरूको लागि यो अर्को महत्वपूर्ण सुविधा हो । 

शेयर बजारमा निशुल्क प्रवेश
पछिल्लो समय शेयर बजारमा लगानी सहज एवम् सरल माध्यम बन्दै गएको छ ।

शेयर बजारमा ग्राहकहरूको उपस्थितिका लागि बैंकले विशेष सुविधा ल्याएको छ ।

यस योजनामा सहभागी हुने ग्राहकहरूले शेयर बजारमा प्रवेश गर्नका लागि आवश्यक डिम्याट खाता, मेरो शेयर तथा सीआस्वा  सेवा २ वर्षसम्मका लागि बैंकले निशुल्क उपलब्ध गराउने छ । अर्थात ग्राहकहरूले यस सेवा लिनका लागि २ वर्षसम्म कुनै शुल्क लाग्ने छैन ।

यस योजनामा सहभागी ग्राहकहरूका लागि एसएमएस अलर्ट, बैंक स्मार्टमा आईपीओ/एफपीओ/हकप्रद शेयर, म्युचुअल फण्ड अलर्ट, भाइबर बैंकिङ, एबीबीएस, खाताको स्टेटमेन्ट, ई–कमर्स कारोबार (नेपाल भित्रको लागि मात्र) कनेक्ट आईपीएस दर्ता लगायतको सुविधा रहेको छ ।

यसका साथसाथै ग्राहकहरूले यस बचत खातामा डिमान्ड ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यस्तै शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुट र सिद्धार्थ बैंक स्मार्ट एपमार्फत पहिलो रिचार्ज गर्दा ५ प्रतिशतसम्मको छुट सुविधा पाउनेछन् ।  

५ लाखसम्मको दुर्घटना बीमा

बैंकले यस बचत खाता योजनामा सहभागी ग्राहकहरूको बीमाको समेत सुविधा दिएको छ । 

यस योजनामा सहभागी ग्राहकहरूले ५ लाख रुपैयाँसम्मको पूर्ण शारीरिक अशक्तता र दुर्घटना मृत्यु बीमा सुविधा पाउनेछन् । 

बीमा सुविधा लाभ प्राप्त गर्नका लागि भने ग्राहकले आफूले खोलेको जेन–जेड खातामा न्यूनतम मौज्दात रु १० हजार रुपैयाँ कायम हुन जरुरी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्