
बलिउड अभिनेता इरफान खानले आदित्य भट्टाचार्यको चलचित्र ‘दुबई रिटर्न’ सन् २००५ मा सुट गरेका थिए । तर, त्यो चलचित्र अब बान्द्रा फेस्टिभलमा प्रिमियर गर्ने तयारी गरिएको छ ।
यो चलचित्र सन् २००५ मा इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डियामा देखाइएको थियो । तर, यो चलचित्र हलहरूमा रिलिज हुन पाएको थिएन ।
यो एक कमेडी चलचित्र हो, जसको कथा विनय चौधरीले लेखेका हुन् । चलचित्रमा इरफान ग्यांगस्टर ‘आफताब अंग्रेज’को भूमिकामा छन्।
फेस्टिभलकी कलात्मक निर्देशक पूजा कोहलीले यो चलचित्र समेट्न पाउँदा खुशी लागेको बताइन्।
इरफान खानको गत वर्ष ५३ वर्षको उमेरमा निधन भएको थियो। इरफानका मकबूल, लाइफ इन अ मेट्रो, द लञ्च बक्स, पान सिंह तोमर जस्ता चलचित्र चर्चित छन्।
उनले चलचित्र क्षेत्रमा थुप्रै अवार्ड पाएका थिए।