१४ असार २०८३, आइतबार

एमाले बैठकमा वामदेव– प्रचण्डलाई सकिन्न, माधव नेपाललाई ल्याएर चुनावको वातावरण बनाउनुस् !

एमाले बैठकमा वामदेव– प्रचण्डलाई सकिन्न, माधव नेपाललाई ल्याएर चुनावको वातावरण बनाउनुस् !

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको बताए ।

कम्तिमा पनि माधव नेपाल पक्षलाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउन वामदेवको सुझाव छ ।

'प्रचण्डलाई त सकिन्न, कम्तिमा पनि माधव नेपालहरूलाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउनुस्,' वामदेवले बैठकमा भने ।

उनले पार्टी एकताका लागि ओली एक कदम पछाडि हट्नु र माधव नेपाल एक कदम अगाडि बढ्नुपर्ने बताए । 

उनले केन्द्रीय कमिटी ब्युँताउने निर्णय सही भएकाले आफू बैठकमा सहभागी भएको बताए । 

‘पार्टी एकता जोगाउन केपी कमरेड एक कदम पछाडि र माधव कमरेड एक कदम अगाडि बढ्नुपर्छ । म जहिले पनि एकताको पक्षमा छु,’ गौतमले भने । तर उनले एक कदम पछि हट्ने र अघि बढ्ने कुरालाई थप प्रस्ट्याएनन् । 

उपाध्यक्ष गौतमले आफूले पार्टी एकता भंग हुने कुनै निर्णयमा हस्ताक्षर नगरेको पनि स्पष्ट पारे ।

‘त्यो बेलमा पनि प्रचण्डलाई अविश्वासको प्रस्ताव फिर्ता लिन भनेको थिएँ, विषयअनुसार समर्थन र विरोध गर्छु,’ गौतमले भने । 

salt training

कमेन्ट गर्नुहोस्