२१ जेठ २०८३, बिहीबार

नेविसंघले आकासेपुलको पर्खालमा लेखेको नारा नगर प्रहरीले मेटायो

नेविसंघले आकासेपुलको पर्खालमा लेखेको नारा नगर प्रहरीले मेटायो

नेपाल विद्यार्थी संघले रत्नपार्कस्थित आकासेपुलको पर्खालमा लेखेको ‘अभद्र’ नारा मेटाइएको छ । 

काठमाडौं महानगरपालिकाका मेयरलाई लक्षित गरेर नेविसंघले लेखेको नारा नगर प्रहरीले मेटाएको हो ।  

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले २०५८ सालदेखि महानगर क्षेत्रभित्र भित्ते लेखन, पोस्टर, पम्पलेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाइएको बताए । उनले भने, ‘सोहीअनुसार अभद्र नारा मेटिएको हो ।’

कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरूको सम्मानमा बनाएको चित्र महानगरपालिकाले मेटिदिएको विरोधमा नेविसंघले त्यही भित्तामा ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं महानगरपालिका मुर्दावाद’ भनेर लेखेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्