३० जेठ २०८३, शनिबार

बन्दीपुरमा विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानी अवरुद्ध

असार १८, २०७८
बन्दीपुरमा विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानी अवरुद्ध
प्रतिकात्मक तस्वीर

पर्यटकीयस्थल बन्दीपुरमा टेलिफोन, इन्टरनेट, विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ ।

३ दिनदेखि परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत्का पोल ढाल्नुका साथै खानेपानीका मुहान र पानी संकलन ट््यांकी समेत भत्काइदिएको थियो ।

बन्दीपुर गाउँपालिका क्षेत्रका अधिकांश खेत बगरमा परिणत भएका छन् । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले गाउँपालिकाभित्र टेलिफोन, इन्टरनेट, विद्युत् र खानेपानी अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको जानकारी दिए ।

मुकुन्देश्वरी डाँडाबाट पहिरो खस्दा खानेपानीको मुहान तथा ट्यांकी भत्काएर क्षति बनाएको उनले बताए । करीब २० करोड रुपैयाँको लागतमा सम्पन्न भएको छापनाहाला खानेपानी ट्यांकी पूर्ण क्षति बनाउँदा डुम्रे बजारवासीले खानेपानीको समस्या भोग्नुपरेको छ ।

अविरल वर्षाका कारण बन्दिपुर–३ तामुङमा २ जनाले ज्यान गुमाएका र ३ जना घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्