२३ जेठ २०८३, शनिबार

खैरो हिरोइनसहित रूपन्देहीमा ३ जना पक्राउ

खैरो हिरोइनसहित रूपन्देहीमा ३ जना पक्राउ

रूपन्देही प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई शुक्रवार पक्राउ गरेको छ ।

रूपन्देही र कपिलवस्तुका ३ जना युवालाई चेकजाँचको क्रममा खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो । 

रूपन्देही सैनामैना नगरपालिका–१० का १८ वर्षीय दिलबहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका–९ का २४ वर्षीय रमेशबहादुर आचार्य र वाणगंगा–९ कै रमेश मरासिनी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । 

आरोपीको साथबाट ४ ग्राम ५०० मिलिग्राम खैरो हिरोइन प्रहरी बरामद गरेको थापाले बताए । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालको नेतृत्वमा खटिएको टोली सूचना पाएर खोजीमा जुटेको थियो ।

पक्राउ परेका उनीहरूलाई रुपन्देही जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ५ दिनको म्याद थप गरी थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्