२२ जेठ २०८३, शुक्रबार

देशका अधिकांश भूभागमा भारी वर्षा, यी नदीहरूले पार गरे खतरा तह

देशका अधिकांश भूभागमा भारी वर्षा, यी नदीहरूले पार गरे खतरा तह
फाइल तस्वीर

मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश भूभागमा वर्षा भइरहेको छ । 

निरन्तरको वर्षाले बाग्मती, मर्स्याङ्दी लगायतका विभिन्न नदीहरूले खतराको तह पार गरेको मौसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका यी नदीहरूमा बहावले खतराको तह पार गरेको भन्दै सतर्कता अपनाउन रातिदेखि नै एसएमएस अलर्ट गराउँदै आएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, शनिवार बिहानसम्ममा रौतहट कर्मैया (पधेरादोभान) स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।

यस्तै तनहुँको बिमलनगरस्थित मर्स्याङ्दी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । महाशाखाले पानीको बहाव झनै बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाले बारास्थित सिमरा विमानस्थल र आसपासका क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको जनाउको छ । 

सो क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 

यस्तै लमजुङ्गको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा  पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । दोर्दी, न्यादी, चेपे लगायतका खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना, तटीय क्षेत्रहरू तथा पहिरो जानसक्ने भिरालो जमिनमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

गोरखाको बारपाक र लमजुङ्गको घारेढुङ्गा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको तथा दरौंदी खोलाको नयाँसाँघु जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको हुँदा तटीय क्षेत्रहरू र पहिरो जानसक्ने भिरालो जमिनमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह खतरा तह पार गरेकाले नदी तटीय क्षेत्रहरूमा हुनेहरू उच्च  सतर्कताका साथ सुरक्षित स्थानमा रहन महाशाखाको आग्रह छ ।
 

salt training

कमेन्ट गर्नुहोस्