१४ असार २०८३, आइतबार

आमिरको दोस्रो बिहे पनि धेरै टिकेन, किरणभन्दा पहिल्यै रीनासँग गरेका थिए सम्बन्धविच्छेद

असार १९, २०७८
आमिरको दोस्रो बिहे पनि धेरै टिकेन, किरणभन्दा पहिल्यै रीनासँग गरेका थिए सम्बन्धविच्छेद

बलिउडका चर्चित अभिनेता आमिर खानले पत्नी किरण रावसँग बिहेको १५ वर्षमा सम्बन्धविच्छेद गरेका छन् । तर उनको यो सम्बन्धविच्छेद पहिलो भने होइन ।

खानले यसअघि नै पहिले पत्नी रीना दत्तासँग सम्बन्धविच्छेद गरिसकेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार किरणसँग आमिरको पहिलो भेट  सन् २००१ मा चलचित्र लगानको छायांकनका क्रममा भएको थियो । पत्नी रीनासँग सम्बन्धविच्छेद भएपछि आमिरले किरणलाई फेरि भेटेर सम्बन्ध अगाडि बढाएका थिए ।

आमिरले किरणसँग फोनमा कुराकानीका क्रममा मन पराएका थिए । एक अन्तर्वार्तामा आमिरले भनेका छन्, ‘किरणसँग मैले १ घण्टासम्म फोनमा कुराकानी गरे । जब मैले फोन राखे, त्यसपछि मलाई उनीसँग कुरा गर्नु धेरै राम्रो लाग्यो ।’

आमिरले पहिलो पत्नी रीतासँग सम्बन्धविच्छेद पछि पनि राम्रै सम्बन्ध छ । पानी फाउन्डेसनमा आमिर, रीना र किरणले मिलेर काम गरिरहेका छन् ।

रीनाबाट आमिरका २ सन्तान छन्, आयरा खान र जुनैद खान । दुवै आमा रीनासँग बस्ने गर्छन् । आमिर भन्ने गर्छन्, ‘रीना धेरै सानदार मान्छे छिन्, कहिले–कहिले कुनै नाता अगाडि बढ्न पाउँदैन तर मेरो मनमा उनका लागि धेरै माया र इज्जत छ ।’

रीनासँग सम्बन्धविच्छेद गरेर किरणसँग बिहे गरेका आमिरले फेरि सम्बन्धविच्छेद गरेका छन् । दुवैले संयुक्त वक्तव्य जारी गर्दै बिहेको १५ वर्षमा सम्बन्धविच्छेद गरेको जनाएका छन् ।

अब दुवैले नयाँ जिन्दगीलाई अलग–अलग जिउने भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

संयुक्त वक्तव्यमा लेखिएको छ, ‘यी १५ सुन्दर वर्षमा हामीले एकसाथ जीवनभरका अनुभव, आनन्द र खुशी आदानप्रदान गरेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बाँडिएको थियो । अब हामी जीवनको नयाँ अध्याय शुरू गर्न चाहन्छौं – पतिपत्नीको रूपमा नभई सह–बुवा–आमा र परिवारका रूपमा । हामीले केही समयअघि अलग–अलग हुने योजना शुरू गरेका थियौं । अब यस योजनालाई औपचारिक रूप दिन सहज महसूस गरिरहेका छौं ।’

सम्बन्धविच्छेद भएपनि आगामी दिनमा समेत सहकार्य हुनसक्ने संयुक्त वक्तव्यमा उल्लेख छ । ‘हामी दुवै अलग–अलग बस्ने भएपनि आफ्नो जीवनलाई एक विस्तारित परिवारका रूपमा सहकार्य गर्नेछौं । हामी छोरा आजादप्रति समर्पित आमा–बुवा हौं । उनको पालनपोषण हामी मिलेर गर्नेछौं । हामी फिल्म, पानी फाउन्डेसन र अन्य परियोजनामा पनि सहयोगीको रूपमा काम जारी राख्नेछौं ।’

salt training

कमेन्ट गर्नुहोस्