२८ जेठ २०८३, बिहीबार

देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न सहमत भएन माधव नेपाल समूह

देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न सहमत भएन माधव नेपाल समूह

केन्द्रीय कमिटीको बैठकअघि सहमति खोज्न बसेको एमालेका दोस्रो तहका नेताहरूको बैठक निष्कर्षविहीन भएको छ ।

माधव नेपाल पक्ष कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न राजी नभएपछि शनिवारको छलफल निष्कर्षमा पुग्न नसकेको हो ।

ललितपुरको सानेपास्थित समिट होटलमा दुवै तर्फका दोस्रो तहका नेताहरू सहभागी थिए । 

शनिवारको बैठकमा पनि माधव पक्षले पूर्व माओवादी पृष्ठभूमिका नेताहरू विनाको स्थायी कमिटी बसेर केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने अडान राखेका थिए ।

‘देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न उहाँहरू अझै सहमत हुनभएन,’ बैठक स्रोतले लोकान्तरसँग भन्यो ।

शुक्रवारको केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न सोमवार साँझसम्मको समय दिएको छ ।
  
छलफलमा उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल तथा नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य लगायत सहभागी थिए ।

सहमति जुट्न नसकेपछि संस्थापन पक्षका नेताहरू केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटारतिर लागेका छन् । 

छलफल चलिरहेको समयमा नेता भुसाल माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । शनिवारको बैठकअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको स्रोतले बतायो । टेलिफोन संवादका लागि भुसालले सहजीकरण गरेका थिए । 

बिहीवार साँझ पनि ओली र नेपालबीच कुराकानी भएको ओलीले शुक्रवारको बैठकमा बताएका थिए । सोमवारसम्म हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त नेता नेपालले अस्वीकार गरेका छन् । 

शनिवारको बैठकले महाधिवेशनबारे निर्णय लिने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्