×

NMB BANK
NIC ASIA

देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न सहमत भएन माधव नेपाल समूह

असार १९, २०७८

NTC
Premier Steels

केन्द्रीय कमिटीको बैठकअघि सहमति खोज्न बसेको एमालेका दोस्रो तहका नेताहरूको बैठक निष्कर्षविहीन भएको छ ।

Muktinath Bank

माधव नेपाल पक्ष कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न राजी नभएपछि शनिवारको छलफल निष्कर्षमा पुग्न नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुरको सानेपास्थित समिट होटलमा दुवै तर्फका दोस्रो तहका नेताहरू सहभागी थिए । 


Advertisment
Nabil box
Kumari

शनिवारको बैठकमा पनि माधव पक्षले पूर्व माओवादी पृष्ठभूमिका नेताहरू विनाको स्थायी कमिटी बसेर केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने अडान राखेका थिए ।

Vianet communication

‘देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न उहाँहरू अझै सहमत हुनभएन,’ बैठक स्रोतले लोकान्तरसँग भन्यो ।

शुक्रवारको केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न सोमवार साँझसम्मको समय दिएको छ ।
  
छलफलमा उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल तथा नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य लगायत सहभागी थिए ।

सहमति जुट्न नसकेपछि संस्थापन पक्षका नेताहरू केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटारतिर लागेका छन् । 

छलफल चलिरहेको समयमा नेता भुसाल माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । शनिवारको बैठकअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको स्रोतले बतायो । टेलिफोन संवादका लागि भुसालले सहजीकरण गरेका थिए । 

बिहीवार साँझ पनि ओली र नेपालबीच कुराकानी भएको ओलीले शुक्रवारको बैठकमा बताएका थिए । सोमवारसम्म हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त नेता नेपालले अस्वीकार गरेका छन् । 

शनिवारको बैठकले महाधिवेशनबारे निर्णय लिने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x