०४ असार २०८३, बिहीबार

उत्तराखण्डका युवा नेता पुष्करसिंह धामी बने नयाँ मुख्यमन्त्री, साँझ ६ बजे शपथ

असार १९, २०७८
उत्तराखण्डका युवा नेता पुष्करसिंह धामी बने नयाँ मुख्यमन्त्री, साँझ ६ बजे शपथ

भारतको उत्तराखण्ड प्रदेशमा पुष्करसिंह धामी नयाँ मुख्यमन्त्री बनेका छन् ।

प्रदेश राजधानी देहरादूनमा बसेको भारतीय जनता पार्टी (भाजपा) विधायक दलको बैठकले धामीलाई दल नेता चयन गर्दै मुख्यमन्त्री चयन गरेको हो ।

धामीले साँझ ६ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गएराति तीरथसिंह रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सांसद नरहेका रावतले ६ महिनाभित्र सांसद बनिसक्नुपर्ने भएपनि कोरोनाका कारण तत्कालै चुनाव हुनसक्ने अवस्था नहुँदा उनले मुख्यमन्त्री बनेको ४ महिनामै राजीनामा दिएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री धामी भाजपाको युवा मोर्चाका प्रदेश अध्यक्ष रहेका थिए । उनलाई आरएसएस निकट समेत मानिन्छ । धामी विधानसभा क्षेत्र खटिमाबाट दुईपटक विधायक चुनिएका छन् । उनी अरु मुख्यमन्त्रीको तुलनामा युवा मानिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्