२१ असार २०८३, आइतबार

सुदूरपश्चिममा आन्तरिक हवाई उडान शुरू हुँदै

असार १९, २०७८
सुदूरपश्चिममा आन्तरिक हवाई उडान शुरू हुँदै

कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरू असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाई उडान शुरू हुने भएको छ । 

कोरोना महामारीका कारण कम्तीमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दिपायल–धनगढी हप्ताको दुई दिन मंगलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालिका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका डोटीको दिपायलसहितका अन्य जिल्लाहरू बझाङ, अछाम र बैतडीका आन्तरिक हवाई उडान बन्द भएका थिए । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै यहाँका पहाडी जिल्लाहरूमा धनगढी विमानस्थलबाट हवाई उडान सञ्चालन हुन लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्